नेपाल बैंककाे घर, लघुउद्यम तथा मार्जिन ल्याण्डिङ कर्जा एकल अंककाे व्याजमा पाइने

इन्भेष्टोपेपर ।  श्रायण २०, २०७७

नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले आधार दरमा एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउन लागेको हो । 

असारमसान्तसम्ममा बैंकको आधार दर ६.९९ प्रतिशत रहेकाले पहिलाको जस्तै एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा दिन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताउनु भयाे ।  नेपाल बैंकले गरेको घर कर्जाको ब्याजदर हालसम्म कर्जाको ब्याजदर प्रकाशन गरेका बैंकहरूको भन्दा सस्तो हो । 

यसको अतिरिक्त बैंकले नयाँ लघुउद्यम कर्जा, मार्जिन ल्याण्डिङ कर्जा योजना पनि ल्याएको छ । लघु उद्यमसँग सम्बद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत निर्धारण गरेको सीईओ अधिकारीले बताउनु भयाे । सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर हो । बैंकले २५ लाखदेखि ९९ लाखसम्मको लागी लघुउद्यम कर्जा योजना ल्याएको हो । 

त्यस्तै नेपाल बैंकले ९.९९ प्रतिशतमा मार्जिन ल्याण्डिङ कर्जा योजना ल्याएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *