मलेशियालाई हराउँदै नेपाल बन्यो यू-१६ इस्ट जोन च्याम्पियन

न्भेष्टाेपेपर । असार १९, २०८०

काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।  नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो  । 

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल मलेशियाको बायोमास ओभलमा भएको खेलमा विपक्षी बलरमाथि हाबी रह्यो।

कप्तान अभिषेक तिवारीले पाँच विकेट लिएपछि मलेशिया १४.५ ओभरमा ३१ रनको न्यून स्कोरमा सीमित हुन पुग्यो। र, नेपाल २०१ रनले विजयी भयो। यस्तै सन्तोष यादवले ३ विकेट लिए । नेपाली युवा टोली प्रतियोगिता अवधिभर कुनै खेल नहारिकन अपराजित पनि रह्यो।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित ११२ रन जोडेका थिए । निरजकुमार यादवले ४७, सन्तोष यादवले २६,  सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५,  क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *