टी–२० क्रिकेट वरियतामा नेपाल १३ औँ स्थानमा उक्लियाे

इन्भेष्टोपेपर । कार्तिक १६, २०७८

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४औं स्थानमा रहेको थियो ।

वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *