बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने नेपाल सरकारको निर्णय

इन्भेष्टाेपेपर ।  भाद्र २५, २०७९

काठमाडौं । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उहाँ सन् १९५२ यता ७० वर्षसम्म गद्दीनसीन हुनुहुन्थ्याे।

बिहीवार उहाँको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उहाँको परिवारका सदस्यहरू हाल उहाँ रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

उहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीयकाे रूपमा १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बन्नुभएकाे छ।

यसै क्रममा नेपाल सरकारले उहाँको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *