आज हङकङसँग दाेश्राे पटक खेल्दै नेपाल, पराजयकाे बदला लिने माैका

न्भेष्टाेपेपर ।  चैत १, २०८१

काठमाण्डाैँ । युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दैछ। हङकङसँग हुन गैरहेकाे दाेश्राे खेलमा पहिलाे पटक व्यहाेरेकाे पराजयकाे बदला लिने माैका रहेकाे छ । खेल दिउँसो पौने १ बजे सुरु हुनेछ। 

शृङ्खलामा नेपालले खेलेका पाँच खेल मध्ये चार खेलमा पराजित भएको छ। बिहीबार भएको पाँचौँ खेलमा नेपाल चौथो पटक पराजित भयो। 

नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो। ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भयो।

यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो। प्रतियोगिता अन्तरगत आजै युगान्डा र नामिबिया खेल्नेछन्। 

शीर्ष २ टोलीले आइतबार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुंगो लाग्नेछ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *