नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्यूआर पेमेन्ट सिस्टम

इन्भेष्टाेपेपर ।  असाैज ५, २०७९

कबाठमाण्डाैँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ ।

इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहककाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गर्नु भएको हो ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गर्नु भयो । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाउनु भयो । डाइनामिक क्यूआर पेमेन्ट सिस्टमको माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ ।

कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *