नेपाल मर्चेन्ट बैँकर संघले खेलकुद प्रतियोगिता आयोजना गर्ने

इन्भेष्टाेपेपर ।  भाद्र १५, २०७९

काठमाण्डाैँ । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘Together for a Healthy Lifestyle’ भन्ने नारासहित पहिलो पटक “एमबान स्पाेर्ट मिट २०२२” -“MBAN Sports Meet 2022”) अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागीएको छ ।

उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गईरहेका छन् । प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ ।

उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिष्पर्धाहरू हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिष्पर्धा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिष्पर्धाहरू यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिष्पर्धाहरू प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *