मुद्रास्फीति १० प्रतिशत पुग्ने नेपाल राष्ट्र बैङ्ककाे अनुमान

इन्भेष्टोपेपर । श्रावण ०४, २०७

काठमाडौँ ।  नेपाली उपभोक्ताले आगामी माघमा औसत मुद्रास्फीति १० प्रतिशत हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैङ्कले २०७७ माघमा गरेका सर्वेक्षणबाट यस्तो देखिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सातवटै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट मुद्रास्फीतिसम्बन्धी अपेक्षा सङ्कलन गरेको थियो । अपेक्षा सङ्कलन गर्दा २०७७ माघको औसत मुद्रास्फीति आठ प्रतिशत रहने र २०७८ वैशाखको मुद्रास्फीति ८.७ प्रतिशत हुने उल्लेख गरेको थियो ।

प्रतिवेदनअनुसार आगामी माघमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको सङ्ख्या करिब ९४ प्रतिशत रहेको छ । त्यस्तै ४८.३ प्रतिशत उत्तरदाताले एक वर्षमा सामान्य मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्् । २.७ उत्तरदाताले भने उपभोग्य वस्तुको मूल्य घट्ने अपेक्षा गरेका छन् ।

त्यस्तै ३१.३ प्रतिशत उत्तरदाताले खाद्यवस्तुका सामग्रीको मूल्य बढ्ने अपेक्षा गरेका छन् भने ३९.६ प्रतिशतले गैरखाद्य वस्तुको मूल्य बढ्ने अपेक्षा गरेका छन् । ६२ प्रतिशतले हाउजिङ र रियल स्टेटको मूल्यमा बढोत्तरी हुने अपेक्षा गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले मुद्रास्फीति प्रक्षेपण र मौद्रिक नीतिको कार्यदिशा तय गर्दा उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षालाई पनि एक आधारका रूपमा लिने गरेकाले अपेक्षासम्बन्धी सर्वेक्षण गरिएको राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी दिनमा ग्रामीण क्षेत्रका उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेत समेट्ने योजना बनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *