सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

इन्भेष्टाेपेपर ।  जेठ २०, २०७९

काठमाडौँ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।     

भगवान् शिवको बासस्थान हिमालयमध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले राससलाई जानकारी दिनुभयो । पोखरेलले दुवै पुस्तक संस्कृतबाट नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो ।     

अङ्ग्रेजी शिवपुराण छुवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गर्नुभएको हो । अठार महापुराणमध्येको हिन्दूहरूको पवित्र ग्रन्थ सगरमाथाबाट अनावरण हुनु सुखद् सौभाग्यको विषय भएको बताइन्छ ।     

अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाका लागि यो अत्यन्त महत्वपूर्ण कार्य भएको जनाइएको छ । यो काम सम्पन्न गर्न थामसेर्कु टेक्रिङ एण्ड एक्स्पीडिसनका अध्यक्ष सोनाम शेर्पा, व्यवस्थापक अञ्जन राई र नीमा नोरु शेर्पाले सहयोग गर्नुभएको लेखक पोखरेलले बताउनुभयो । उहाँले १८ वटै पुराण नेपाली भाषामा अनुवाद गरिसकेको जानकारी पनि दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *