नेपाली क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ

न्भेष्टाेपेपर । कात्तिक २३, २०८०

काठमाण्डाैँ । मेरिना इम्पेक्सले नेपालका क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ । मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो ।

मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाlजक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको बताउनुभएकाे छ ।

त्यसका लागि बिहीबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ । सम्झौता अनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० थान सुट सहयोग गरिने भएको छ ।

विगत ४१ वर्षदेखि सर्टिङ सुटिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिनाले विभिन्न अवसरमा विशेष योजना सार्वजनिक गर्दै आइरहेको छ । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *