नेपाली युवा उद्यमी मञ्च अध्यक्षमा सुश्री साहारा जोशी

न्भेष्टाेपेपर । असार २६, २०८०

नेपाली युवा उद्यमी मञ्च (NYEFF) ले आइतवार जुलाई ९, २०२३ मा भएको १९ औं वार्षिक साधारण सभा मार्फत २०८०/८१ को लागि अध्यक्षमा सुश्री साहारा जोशी सहित नयाँ कार्यसमिति गठन गरेको छ ।

नेपाली युवा उद्यमी मञ्च (NYEFF) को १९ औं वार्षिक साधारण सभा जुलाई ९, २०२३ मा काठमाडौंको र्याडिसन होटलमा सम्पन्न भयो । १९औँ वार्षिक साधारणसभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो ।

“नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमान्डौ लगाएत देशका विभिन्न ठाउमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । साथै, यस वर्षको उद्देश्य च्याप्टर लाई सुदृढ गर्ने, संगठनात्मक दृश्यता बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने पनि समावेश थियो ।

कार्यक्रमको उदघाटन माननीय मन्त्री रमेश रिजाल ले गर्नु भएको थियो भने चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा अध्यक्षता गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि उपस्थिति रहेको थियो ।

साहारा जोशीकाे अध्यक्षतामा गठित नयाँ राष्ट्रिय गभर्निंग काउन्सिलकाे प्रथम उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, दोस्रो उपाध्यक्षमा निभिता प्रधान, महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ तथा
कार्यकारिणी सदस्यहरुमा सुश्री बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ हुनुहुन्छ।

सो अवसरमा फोरमका विगतका गतिविधि र भावी पहलका बारेमा पनि प्रस्तुति गरिएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०/८१ को लागि आफ्नो योजना साझा गर्नुभयो भने अन्य सबै समिति सदस्यहरूले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भयाे ।

नयाँ समितिले सिकाइ र बृद्धिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्ने महत्त्वमा पनि जोड दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *