नेपालको लगातार चौथो जित, सेमिफाइनलमा प्रवेश

न्भेष्टाेपेपर । भाद्र १८ २०८०

काठमाण्डाैँ । नेपाल आईसीसी महिला टी २० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ । बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

लगातार चौथो खेल जितेको नेपाल समूह ए बाट एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । कतारले जितका लागि दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो । नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै, इन्दु बर्मा २० र सीता राना मगरले १७ रन बनाइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो । कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् । यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडे ।

नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले एकरएक विकेट लिए। नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *