नेप्से १२ सय विन्दु माथिः तीन महिना यताकै उच्च

Investopaper, पौष २१, २०७६ 

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक (नेप्से) तीन महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १८‍.२६ अंकले बढेर १२००.६९ को विन्दुमा पुगेको छ ।

गत भदौ १० गते १२०९.६२ को विन्दुमा रहेको नेप्से परिसूचकले त्यसयता सोमबार पहिलोपटक १२०० को विन्दु छोएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर २६०.६७ विन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार आज कुल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर रु ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिदबिक्री भयो । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन ८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको ३ करोड ७० लाख, शिवम् सिमेन्टको ३ करोड ६६ लाख र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार ट्रेडिङ (व्यापार) बाहेक सबै उपसमूहका सूचकहरु उकालाे लागेका छन् । माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३३ अंकले उकालो लागेको छ । ट्रेडिङ् समूह भने १२.२६ अंकले ओरालो लागेको छ ।

आज बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । आइतबार सो कम्पनीले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो । त्यसैगरि परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले गुमाए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *