नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो

न्भेष्टाेपेपर । असाेज २३, २०८०

काठमाडौँ ।  यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत समूह एक दशमलव ७९ र निर्जीवन बिमा समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको २० करोड ३७ लाख ९४ हजार नौ सय ९१ बराबरको चार लाख ३३ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *