नेप्से परिसूचक दाेहाेराे अंकले बृद्धी, १० अर्वकाे काराेबार

न्भेष्टाेपेपर ।  फागुन ५, २०८१

काठमाडौं  । नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक  २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा  पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा अडिएको छ।

आज ३०२ स्क्रिप्टकाे १ करोड ८० लाख  ८१ हजार  १६९ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख  ५४ हजार  ८३२ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक  १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा अडिएको थियो।

सो दिन ३०९ स्क्रिप्सको २ करोड ९ लाख  ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँमा खरिदबिक्री भएको थियो परिसूचक दोहोरो अंकले बढ्दा सो दिन ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा आधा दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था, गराँस लघुवित्त वित्तीय संस्था,कुथेली बुखारी स्माल हाइड्रोपावर, एक्सिल डेभलपमेन्ट,गार्डियन माइक्रो फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड ६४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सीईडीबी होल्डिंसको सेयर २७ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २६ करोड,रिलाइन्स फाइनान्सको २४ करोड र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १६६ वटा स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचक घट्दा अन्यको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन बैंकिङ, होटल्स एण्ड टुरिजम, माइक्रोफाइनान्स र अदर्श समूहको उपसूचक दुई प्रतिशत बढिले वृद्धि भयो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *