टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा

इन्भेष्टाेपेपर ।  असार १६, २०७९

काठमाण्डाैँ । ज्योति विकास बैंकले २०७९ साल असार १५ गते बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं. ५, ललितपुरस्थित टिकाथली शाखा को समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर श्री हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

साथै, ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजै देखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *