इन्स्टाग्राममा थपियाे नयाँ फिचरः “डार्क मोड”
Investopaper, असाैज २२, २०७६
काठमाडौँ — सामाजिक एपहरूमा नयाँ नयाँ फिचरहरू थपेर प्रयाेगकर्तालाइ लाेभ्याउने प्रतिस्पर्धाकाे हाडबाजि नै चलेकाे छ । इन्स्टाग्रामले आफ्नो नयाँ अपडेट सँगै प्रयोगकर्ताको लागी नयाँ विशेषता “डार्क मोड” सञ्चालनमा ल्याएको छ ।
ट्विटर लगायतले यस अघि नै “डार्क मोड” सञ्चालनमा ल्याइसकेकाे अवस्थामा नयाँपन दिनको लागि इन्स्टाग्रमले पनि अँध्यारो अवस्था (डार्क मोड) सुरु गरेको हो ।
प्रयोगकर्ताको सहजताका लागि कम्पनीले यो मोड ल्याएको र यसको प्रयोग एन्ड्रोइड र आइओएसबाट गर्न सकिने कम्पनीले जनाएको छ ।
यस बाहेक पनि कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ । कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् ।
— एजेन्सी