केटिएमको नयाँ मोडलको मोटरसाईकल लन्च

इन्भेष्टोपेपर । भाद्र २९, २०७७

नेपालको सर्वाधिक तीव्र गतिको प्रगतिशील प्रीमियम मोटरसाइकल ब्राण्ड, केटिएमले आज (सोमबार बि.एस.सिक्सको नयाँ मोडल २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ ।

यस बाइकमा हलुका स्प्लिट ट्रेलिस फ्रेम, फ्यूल ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गर्दै  यसको पूरै बनावटलाई नयाँ रुप दिएको कम्पनीले जानकारी दिएको छ । २०० ड्यूकको नयाँ स्वरुप क्लचको बिना गियर शिफ्टको लागि ३९० ड्यूकमा क्विकसिफ्टरको प्रयोग गरिएको छ ।


मोटरसाईकलको २०० ड्यूकको नयाँ स्वरुपलाई अपग्रेड गरि रेन्जलन्च गर्ने घोषणा गरिएको हो ।
आरसिर रेन्ज, २५० ड्यूकलाई नयाँ रङ्गमा ग्राफिक गरिएको मोटरसाईकललाई बिएस फोर भेरिएन्टको तुलनामा ५००० देखि २०,००० सम्मको मुल्य बृद्धि भएको छ । 

अपग्रेड गरिएको मोटरसाईकलमा शानदार १२९० सुपर ड्यूक—आरबाट प्रेरित रहेको छ । यो बाइक डुअल–च्यानल एबिएस र एलईडि डिआरएस जस्तो नयाँ सविधाका साथै बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डिओएचसि, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, जस्ता उच्च सामानको जडान गरिएको कम्पनीले बताएको छ । 

नयाँ अपग्रेड गरिएको बाईक तीब्र गतिले मोडिने क्षमता रहेको छ । बाईकलाई नयाँ रुप दिँदै फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटरको पुर्याइएको छ । 

डुअल–च्यानल एबिएसको नयाँ २०२० केटिएम २०० ड्यूक २ रङ्गको इलेक्ट्रोनिक ओरेन्ज र सिम्रिक ह्वाईटमा उपलब्ध हुनेछ । जसको प्रारम्भिक मुल्य ५,३९,९०० रुपैयाँ पर्ने कम्पनीले बताएको छ । 

कर्नर रकेटको नामले लोकप्रिय, २०२० केटिए ३९० बाइक चलाउँदा आनन्द महशुस हुने कम्पनीको दावि छ । 

बाय–डायरेक्शनल क्विकसिफ्टर प्लसकोको प्रयोग यस श्रेणीमा पहिलो पटक गरिएको हो ।  जसले चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवै तर्फ शिप्mट गर्न सक्षम बनाउँछ । सामान्य क्लच गियर क्विकसिफ्टर प्लस माईकको पार तीब्र गतिले गियर शिफ्ट गर्न सकिनेछ । 

यो मोडलको बाईकलाई ८ लाख ४९ हजार ९ सय रुपैयाँ प्रारम्भिक मुल्य पर्नेछ । नयाँ ग्राफिक डिजाइनको साथ सिल्वर मेटालिक र सिम्रिक ह्वाईटको दुई वटा रंगमा पाईनेछ । 

यस्तै २०२० केटिएम २५० ड्युकलाई पनि नयाँ स्वरुप परिर्वतन गरिएको छ । ओपन–कार्टि«ज, अपसाइड–डाउन ड्ब्लुपि फोर्क, स्लीपर क्लच, र प्री–लोड एड्जस्टेबल यो बाईकमा रहेको छ । ६लाख ३९ हजार ९ सय रुपैयाँमा पर्ने यस मोडल सिल्भर मेटालिक र डार्क गैलभानो रङ्गमा उपलब्ध हुनेछ । 

केटिएमको आर सि रेन्जबाईक हरेक तहको सडकको लागि उपयुक्त छ । आरसि मोडल केटिएमको मोटो जिपि फ्याक्ट्री रेसर्सबाट प्रेरित रहेको छ  । 
यस रेन्जमा समावेश आरसि ३९० र आरसि २०० नयाँ ग्राफिक्सको बजारमा आउन लागेका हुन् । 

“रेडी टू रेस”को सिद्धान्त अनुरुप, मोटरस्पोर्ट्सको क्षेत्रमा केटिएमको साम्राज्य अद्वितीय छ ।  जस अन्तर्गत वर्ष १९५३ देखि आजसम्म ६६ साललामो अवधिमा ३०० भन्दा बढी वल्र्ड च्याम्पियन शिपमा सहभागी भइसकेको छ । नेपालमा हन्सराज हुलास चन्द प्रा.लि. ले सन् २०१२ मा ल्याएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *