वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा

न्भेष्टाेपेपर । साउन २२, २०८०

काठमाण्डौ । वृज एडिटिभ्स एक शताब्दी भन्दा लामो गौरवमय इतिहास बोकेको केडिया व्यवसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड हो । नयाँ बलिया संरचना निर्माण होस् या पुरानालाई मर्मत सम्भार  गर्न होस वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्छ ।

निर्माण उद्योगमा अग्रणी नाम तथा विज्ञहरूद्वारा अत्याधिक सिफारिस गरिने वृज एडिटिभ्सले आफ्नो बहुप्रतीक्षित वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले श्रावण २०८०/०४/१९ गते शुक्रबारका दिन काठमाडौँको सोल्टीमोडमा रहेको हायात प्यालेसमा भब्य कार्यक्रम गरि यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको छ । 

वाटर प्रुफिङ्गका लागी कंम्पनीले ल्याएको Weather Pro+250 / Brij Safecrete ले घरलाइ पानीले पु–याउने क्षतिबाट बचाउनका साथै पीलर, बीम,स्ल्याब र स्टिललाइ खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान  गर्दछ । उक्त उत्पादनमा आवश्यक र औचित्यताका बिषयमा सम्बन्धित विज्ञ वाट स्पष्ट पारिएको थियो ।

बजारमा आएका विभिन्न उत्पादन मध्य Weather Pro+250 लाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने Brij Safecrete लाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिन्छ । 

यस अतिरिक्त, एडमिक्सर सलुशन्स अन्तर्गत वृज एडिटिभ्सले Silkon Flowmix PC 350, PC 450, PC 550 / Ultraset100 (Acclerator) सरोकारवालाहरुका लागि वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुशन्सहरू ठूला परियोजनाको लागि अत्ति उत्तम हुुने र सबैको माझ लोकप्रिय हुने कम्पनीले दावी गरेको छ ।

साथै, उक्त कार्यक्रममा केडिया अर्गनाजेशनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित वस्तुदे ग्राहक तथा निर्माणकर्मीहरुको मन जित्ने आशा समेत ब्यक्त गर्नुभएको थियो, भने चर्चित कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले सबैलाइ मनोरञ्जन प्रदान गरि समारोहलाइ रमणीय र स्मरणीय बनाउन सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव श्री रामभन्द्र तिवारी, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव श्री विश्बाबु पुडासैनि र रेलवे विभागका महार्निदेशक श्री राहित बिसुराल, सिंचाई विभागका महार्निदेशक श्री सुशील आचार्य तथा निर्माणकर्मी इन्जिनियर, कंक्रिड उत्पादनकर्ता संचारकर्मीको उपस्थिती रहेको थियो ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *