सौर्य ऊर्जा र विद्युत् भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक

इन्भेष्टाेपेपर ।  साउन ६, २०८३

काठमाण्डाै ।  नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी २ वटा नयाँ प्रविधि सार्वजनिक गरेको छ ।

कम्पनीले आज काठमाण्डाैमा एक कार्यक्रमका बीच ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (ईएसएस) सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार फ्युजनसोलार पीभी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो । यसले एआई र डिजिटल प्रविधिको प्रयोगमार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत् उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

त्यसैगरी ईएसएसले उत्पादन भएको विद्युत् आवश्यकताअनुसार भण्डारण गर्ने, माग बढेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत् प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नवीकरणीय ऊर्जाको उत्पादन मौसमअनुसार घटबढ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी छ ।

नेपालमा जलविद्युत‍्सँगै सौर्य ऊर्जा प्रवर्द्धनको प्रयास भइरहेका बेला विद्युत् प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्त्वपूर्ण मानिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *