एकदिवसीय क्रिकेटमा नेपालकाे विश्व कीर्तिमानः अमेरिकालाई ३५ रनमा हरायो

माघ २९, २०७६ | Investopaper

विश्वकप क्रिकेट लीग २ अन्तर्गत भएकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नयाँ कीर्तिमान कायम गरेको छ । आज कीर्तिपुर मैदानमा भएकाे खेलमा अमेरिकालाई १२ ओभर र ३५ रनमा अलआउट गरेर विश्व रेकर्ड ( सबैभन्दा कम बलमा अलआउट) राखेकाे हाे ।

जम्मा ३६ रनकाे लक्ष पाएकाे नेपालकाे शुरूवात एकदम खराव रह्याे ।जवाफी व्याटिगंमा उत्रेका कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए।

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य ५.२ ओभरमा दुई विकेट गुमाएर हात पार्‍यो। विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे।

नेपालको कीर्तिमान, सन्दीपको उत्कृष्ट बलिङः

नेपालका बलर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि अमेरिका निरिह बन्दै ३५ रनमा समेटिएकाे थियाे । ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो। तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो।

यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो। यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाब्वेलाई १३.५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।

सन्दीप लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो। भारीले पनि तीन ओभरमा पाँच रन दिँदै चार विकेट हात पारेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *