नयाँ वर्ष अभियान : “फोनपे गर्ने हो” !

न्भेष्टाेपेपर । पुस १३, २०८०

काठमाण्डौ । नेपालको भुक्तानी संचालक फोनपेले, “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ ।  फोनपे सँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको छ ।

फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको उद्देय रहेको छ। 

पौस १३ देखि पौस १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे  डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् । 

यस अभियानमा  दुई भाग्यशाली विजेताहरूलाई MI-Xiaomi 12  स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ ।  यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरू द्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यक्ता नै हुन पुगेको छ ।

अभियानको उदेश्यका बारेमा  फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “फोनपे गर्ने हो अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ । सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ”।

फोनपे सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाईन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *