एनआईबिएलएस क्यापिटल लिमिटेडले ल्यायाे नयाँ वर्ष अफर

इन्भेष्टाेपेपर ।  वैशाख १, २०७९

काठमाण्डाैँ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ ।

क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छ ।

१) मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने

२) लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट

३) व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जनाभाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि लागु हुने क्याप्टिलले बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *