एनआईसी एसिया र माछापुच्छ्रे बैंकलाई आईएसओ ९००१ः २०१५ प्रमाणपत्र प्राप्त
Investopaper, Jan 10, 2019
काठमाण्डाैः युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युके द्वारा प्रदान गरिने ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५’ अवार्ड दुर्इवटा नेपाली वैंकहरू एनआईसी एसिया र माछापुच्छ्रे बैंकले पाउन सफल भएका छन ।
आईएसओ ९००१: २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ।
निरन्तर रूपमा अाधुनिक प्रविधि अवलम्वन गर्दै बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल चुस्तव्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तरराष्ट्रिय स्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको पनि बैंकको जनाएका छन ।