नेपाल आयल निगमले इन्धनकाे मूल्य बढायो
इन्भेष्टोपेपर । असार १७, २०७७
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको हो ।
मूल्य समायोजन पछि अब नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ८७ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगम श्राेतले जनाएको छ ।
