अब चितवनमा पनि लाटोकोशेरो फुड डेलिभरी सेवा

काठमाण्डाैँ । फाल्गुण २, २०७८ बाट चितवनमा पनि लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । २ बर्ष राजधानी काठमाडौमा संचालनमा आएलगत्तै सो सेवा चितवनमा पनि बिस्तार गरीएको हो ।

काठमाडौबाट सुरु भएको लाटोकोशेरो सेवा अब चितवनको भरतपुर महानगरपालिका, सौराहा, खैरेनि, गैडाकोट लगाएतका बिभिन्न ठाउँहरुमा २४ सै घण्टा फुड डेलिभरि गर्ने हेतुका साथ संचालनमा ल्याईएको हो । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुराउने उदेश्य स्वरुप लाटोकोशेरो फुड सञ्चालनमा आएको हो ।

उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवादिने उदेश्य रहेको छ । रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिेने छ ।

लाटोकोशेरोले खाना/खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com अथवा ९८५५०७९८९० र ९८०१२७९८९० मा अर्डर गर्न सकिन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *