एनएमबि र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति
Investopaper, असार ०९, २०७६
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । जेठ २ गते मर्जरमा जाने समहति गरेका एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले जेठ ८ गते आइतबार सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।
हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ । पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बिकास बैंकको चुक्ता पूँजी पनि २ अर्ब ५१ करोड छ । मर्जरपछि एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।
मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी हुनेछन् भने ओमका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।
नियमानुसार दुवै बैंकको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको छ । मर्जर सम्बन्धि सम्पूर्ण कार्य सकिएपछि मात्र शेयर कारोबार खुल्नेछ ।
यस अघि नै प्राइम कमर्शियल बैंकसँग मर्जरको सम्झौता नमिलेपछि ओम डेभलपमेन्ट बैंकले गत जेठ २ गते एनएमबी बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो ।

