मूल्य बढेर आयो भन्दै आयल निगमले विज्ञप्ति निकाल्याे, १५ दिनमा साढे २ अर्ब घाटा हुने निगमको दाबी

इन्भेष्टोपेपर । फागुन ५ २०७८

काठमाण्डाैँ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाएको र नयाँ मूल्य सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको एक विज्ञप्ति मार्फत जनाएको छ ।

विश्वमा कच्चा तेलको मूल्य बढेर झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले पनि १५ दिन अघि पठाएकाे मूल्यभन्दा बृद्धी गरेर पठाएकाे हाे ।

नेपालमा लागू भएकाे माैजुदा मूल्यमै बेच्ने हाे भने नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । हाल भारतकाे सिमावर्ति एरिया रक्साैल बजारमा भन्दा नेपालकाे बिरगञ्जमा प्रतिलिटर पेट्राेल ३२.२४ रूपैयाँ, डिजेल २५.३१ रूपैयाँ तथा एलपि ग्यास प्रति सिलिण्डर ५०.६५ रूपैषाँले सस्ताे रहेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *