गरिमा विकास बैंकले दियाे हायर पर्चेज कर्जामा “एक महिनाको ब्याज छुट”

इन्भेष्टोपेपर । असार १७, २०७७

गरिमा विकास बैंकले बन्दाबन्दीका कारण मारमा परेका यात्रुवाहक सवारी साधनमा प्रवाहित “हायर पर्चेज” शीर्षक कर्जामा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको छुट बाहेक थप “एक महिनाको ब्याज छुट” दिने भएकाे छ ।

कोभिड–१९ का कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दीका कारण सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको छ । यसैलाइ मध्यनजर गरि बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षककाे कर्जामा २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको छ ।

यस शिर्षकमा नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुट बाहेक बैंकले थप छुट प्रदान गरेकाे हाे । सम्बन्धित सम्पुर्ण सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नुहुनेछ ।

विकास बैंकले कोभिड–१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारणयात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि “हायर पर्चेज”शीर्षकमा कर्जा सुविधा उपभोग गर्नुहुने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *