कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८

काठमाडौं । सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले बताएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताउनुभयाे । उहाँका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ,’ उहाँले भन्नुभयाे ।

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् ।

देशभरका १२ कार्यालयमा दैनिक लाखौं सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा. भुसालले जानकारी दिनुभयाे । विभागले गत वर्षदेखि अनलाइन आवेदन शुरू गरेको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *