लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा खुल्ला गल्फ प्रतियाेगिता – २०२२ सम्पन्न

इन्भेष्टोपेपर । चैत्र १६ २०७८

काठमाण्डाैँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहि चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने Open Golf Tournament 2022 सम्पन्न भयो ।

उक्त प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई बिभिन्न १६ वटा बिधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरियो ।

प्रतियोगितामा पुरूषतर्फ अवकासप्राप्त कर्णेल सशी बिक्रम सिंह विजयी हुनुभएकाे छ भने रनर अपमा अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल हुनुभएकाे थियाे। गसैगरि महिलातर्फ श्रीमती तारा कार्की चित्रकार विजयी र रनर अपमा श्रीमती रेखा घिमिरे हुनुभएकाे थियाे ।

समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयां पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य सहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरी प्रतियाेगिताको प्रायोजन गरेको, सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *