संसद भवनमा आज पनि सांसदहरुको अभिमुखीकरण तालिम हुँदै

न्भेष्टाेपेपर ।  माघ २०, २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई शुक्रबार पनि अभिमुखीकरण तालिम दिइँदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो ।

कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले सुरू भएको दुई दिने अभिमुखीकरणले शुक्रबार पनि निरन्तरता पाएको हो ।नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *