पल शाहलाई साढे २ बर्ष जेल सजाय, बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति

इन्भेष्टाेपेपर ।  भाद्र २२, २०७९

चितवन । नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा पूर्णविक्रम शाह (पल) शाहलाई साढे २ बर्षको जेल सजाय सुनाईएको छ ।  

बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना सुनाईएको हो । यस्तै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिनुभयो ।

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले  बहस पछि सो फैसला सुनाईएको हो  । 

गएको चैत ४ गते शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । पीडितको बाबुले दायर गरेको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यही मुद्दामा अदालतको फैसला आएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *