पञ्चकन्याले आफ्नो ४९औं वार्षिकोत्सव मनायो

इन्भेष्टोपेपर । भाद्र १७, २०७

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४९औं वार्षिकोत्सव यही २०७८ भाद्र १५ गते एक कार्यक्रमकाे आयोजना गरी मनाएको छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा ईम्प्लोइ अफ द इयरबाट प्रजन ताम्राकार, आई.टि विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टील विभागलाई र मस्ट प्रोमिसिङ्ग अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई सम्मान गरियो । त्यसैगरी स¥ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *