पारस खड्का नेपाल टेलिकमकाे ब्रान्ड एम्बेसडर

इन्भेष्टोपेपर ।  फागुन १४, २०७६ 

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा फाल्गुण १३ गते आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र नेपाली क्रिकेट टिमका सफल क्याप्टेनका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताउनु भयो ।

समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताउनु भयो । उहाँले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवर्धनका विविध क्रियाकलापहरुमा सहभागी हुनुहुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *