चुनावका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

इन्भेष्टाेपेपर ।  फागुन २, २०८२

काठमाण्डौ । चुनावी खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले चुनावको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम शुरू भएको छ ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले अहिलेसम्म ४ सय ५४ उम्मेदवार र चार दलले त्यसरी बेग्लै बैंक खाताको विषयमा जानकारी गराएका बताउनुभयो । आउँदो २१ गते हुने चुनावका लागि राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।

चुनावका लागि बेग्लै खाता खोलिएपछि साविकका दल र उम्मेदवारका खाता यसै खातामा सार्नुपर्ने व्यवस्था गरिएको सहसचिव भट्टराईले जानकारी दिनुभयो । चुनाव प्रचारप्रसारको खर्चको विवरण तयार भएको ३५ दिनभित्र आयोगद्वारा त्यो खाता बन्द गराउन लगाइने उहाँले बताउनुभयो ।

आयोगले उम्मेदवारले खर्च गर्ने हद (सीमा) पनि निर्धारण गर्दै आएको छ । यसपटकको चुनावका लागि भौगोलिकताका आधारमा क्षेत्रगत रूपमा २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म चुनावको खर्चको सीमा तोकिएको छ ।

आयोगले चुनावी खर्चको अनुगमनका लागि जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *