मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी
इन्भेष्टोपेपर । पुष २२, २०७८
काठमाणडाैँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमाकार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।
यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिनाकुनै शुल्क सहज रुपमा लोडगरी मोको डिजिटल वालेट काे प्रयोग गर्न सक्नेछन ।
मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यानगरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।
सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन्। मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
