नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ,नेपाल बीच साझेदारी

इन्भेष्टोपेपर । चैत्र ०८, २०७८

काठमाण्डाैँ । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रवद्र्धन गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस सहकार्य महत्वपुर्ण हुने बताउदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिदै महिला व्यवसायीको प्रवर्धनमा बैंक संग हातेमालो गर्दै सँगै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा केहि महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेशन तथा सि. एस. आर. प्रमुख कृष्ण सुवेदी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाको उपस्थिती थियो ।

टेवान पर्यटन व्यवसायमा संलग्न सबै सक्रिय महिला उद्यमीहरूलाई समूहबद्ध गर्ने र पर्यटन विकासको लागि लैङ्गिक समानता र महिला सशक्तीकरणलाई संस्थागत गर्न मद्दत गर्ने एक गैर–नाफामुलक सार्वजनिक सामाजिक संस्था हो जसमा कास्की जिल्लाका विभिन्न पर्यटन क्षेत्रका २ सयभन्दा बढी महिला उद्यमी आबद्ध रहेका छन् ।

यस परियोजना अन्तर्गत बैंकले देशभर कम्तीमा ७ वटा (एउटा प्रदेशमा न्यूनतम एउटा) वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *