उच्च अदालत पाटनले दियाे सन्दीप लामिछानेलाई सफाइ

न्भेष्टाेपेपर । जेठ ३, २०८१

काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका लामिछानेलाई पुस २५ गते आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको थियो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । साथै आफूलाई साथ दिने सबैलाई धन्यवाद समेत दिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *