गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी
इन्भेष्टाेपेपर । वैशाख ४, २०७९
काठमाण्डाैँ । गुँरास लाइफ इन्स्योरेन्स क.लि. ले नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई रु ५९३,३२०।- काे चेक हस्तान्तरण गरेकाे छ ।
उक्त चेक गुँरास लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देलले एक कार्यक्रम बिच चेक हस्तान्तरण गर्नुभयो । स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उहाँले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गर्नु भएको थियो ।
शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।
