बैदेशिक राेजगारीमा पठाइदिन्छु भन्दै लाखाैँ ठगी गर्ने व्यक्ति पक्राउ
इन्भेष्टोपेपर । फागुन ११, २०७६
काठमाण्डौ – टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगेर भागेका मोरङका एक व्यक्ति पक्राउ परेका छन् ।
माेरङकाे रतुवामाई नगरपालिका-६ घर भएर काठमाण्डौ महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल टेकुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ । आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख ५६ हजार रुपैयाँ लिएको उजुरीको आधारमा पाेखरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
उहाँका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ । याे समाचार उज्यालाे खवर पत्रिकामा प्रकाशित भएकाे छ ।
