पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, ग्यासकाे मूल्य यथावत

इन्भेष्टोपेपर । माघ ६, २०७८

काठमाडौं । नेपाल आयाल निगमले पुनः पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ ।  बुधबार राती १२ बजेदेखि लागु हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

यस पटक गरिएकाे मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ । तर, निगमले खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *