कस्ताे अनाैठाे ! ढुंगा फुटाउँदा रगत आउने
इन्भेष्टोपेपर । जेष्ठ १७, २०७७
पत्थर/ढुंगा टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत आउने एउटा अनौठो कुरा हैन त ? धेरैलाइ विश्वास नलाग्न सक्छ तर चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ ।
आखिर ढुंगाबाट रगत आउनु सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुदि्रक जिव हो । जसकाे बाहिरी कभर एकदम ढुंगा जस्तै कडा हुन्छ र त्यस्तै देखिन्छ ।
यो पत्थर अर्थात सामुद्रिक जीवलाई Pyura Chilensis नामले चिनिन्छ । स्पेनिस भाषामा याे जिव/पत्थरलाइ Piure नामले पुकारिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

मानिसहरु समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् । कारण, यो पत्थरभित्रको मासु दुनियाका विभिन्न देशमा निकै महंगोमा बिक्रि हुन्छ । यो ढुंगाको मासु काँचै खान समेत निकै मन पराइन्छ ।
जति याे जीवकाे बाहिरी बनावट राेचक तथा छद्मरूपकाे देखिन्छ, यसकाे सन्तान उत्पादन र भाेजन शैलि पनि निकै चाखलाग्दाे छ । जन्मिदा पुलिँग हुने याे जीव जव जवानी भरिदै जान्छ अनि स्त्रीलिँगका अंगहरू पनि यसैभित्र बिकास हुन्छन । गर्भाधानकाे समयमा जव अण्डाहरू निस्किन्छन त्यसै समयमा पुरूष अंगले शुक्रकिटहरू पनि छाडिदिन्छ अनि अण्डा सेचन हुन्छन ।

याे जिवकाे आहार शैली पनि राेचक छ, जसलाइ filter feeder काे रूपमा चिनिन्छ । समुन्द्री पानीसंग मिसिएका अल्गी र सूक्ष्म जीवहरूलाइ छानेर खान्छ भने पानीलाइ पुन समुन्द्रमा फिर्ता पठाइदिन्छ । छैन त अनाैठाे ?
— एजेन्सीकाे सहयाेगमा
