राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

न्भेष्टाेपेपर ।  चैत्र ८, २०७९

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो । 

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नागदेवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उहाँको भनाइ छ । 

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *