कृषि विकास बैकद्धारा माईतीघर मण्डलामा बृक्षारोपण
Investopaper, असाैज ०६, २०७६
सप्ताहव्यापीरूपमा संविधान दिवस मनाउने कृषि विकास बैंक लि.काे घाेषित कार्यक्रम अनुसार असाैज ४ गते शनिवार प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा माईतिघर मण्डलाको बगैचामा विभिन्न जातका फलफूलका विरुवाहरु रोपियो ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार नेपालले उपस्थित कर्मचारीहरुलाई मण्डलाको संरक्षण र बगैचाको सरसफाई विगत केहि वर्ष देखि बैंक आफैले गर्दै आएको र हाल रोपीएका विरुवाहरुलाई पानी सिंचित गर्ने लगायतका संरक्षण सम्बन्धी प्रमुख दायित्व पनि कृषि विकास बैंक लि.कै हुने भएकोले विरुवाको संरक्षण र मण्डलाको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिनु भयाे ।
सो कार्यक्रमका बैंकका का.मु.उपमहाप्रबन्धकहरु श्री प्रताप सुवेदी, श्री यज्ञप्रकाश न्यौपाने,श्री धु्रवचन्द्र गौतम, श्री दिर्घ बहादुर अर्याल, बैंकका विभागीय प्रमुखहरु श्री प्रेम कुमार श्रेष्ठ, श्री पप्पुबाबु , श्री कृष्ण नकर्मि, श्री प्रकाश कंडेल, श्री निर्मलराज कोईराला, श्री विना शर्मा, श्री सरोज साह, बैंक प्रबक्ता श्री हिमलाल पौडेल , शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
