‘गुजरात ग्लोबल समिट’मा भाग लिन प्रम देउवा आइतबार भारत भ्रमणमा जाँदै
इन्भेष्टोपेपर । पुष २२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसपटक प्रधानमन्त्री हुनुभएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने हुनुभएको हो ।
