प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

इन्भेष्टाेपेपर ।  साउन २५, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयमे । राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयाे । 

यसअघि सोमबार नै भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भेटनुभएकाे थियाे । 

विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अडानबीच शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डालाई भेटनुभएकाे थियाे। मासातो तीनदिने भ्रमणका लागि २२ असारमा नेपाल आउनुभएकाे थियाे ।

प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लाएक्लै भेट नगर्ने अडान राख्नुभएकाे थियाे । प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिक नियोगका अधिकारी तथा राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएकाे थियाे । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *