व्यङ्ग्य कविता – रोज् रोज् दर्शन पाउँछू

— आदिकवि भानुभक्त आचार्य 

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।।

जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी ।
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि ।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ।।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *