कबिता – अप्ठ्यारो
— विकास विक्रम थापा
रबिको तेज ताप भै त्यसैले भन्छ्न रबि त
मनको कुरा वाफ भो त्यसैले हुन्छ कबिता ।
देशको हालत अन्योलमा केगरी हेर्नु रमिता
नियालि हेरेर बसेको मनले कोरेछ कबिता ।।
आजको दिन झरिले बादलले घाम छेक्यो त
चिसोले तातो भगायो घामको ताप लुक्यो त ।
असिना झर्ला जस्तो छ तपतपी थोपा खस्यो त
के गर्नु आज दिनभरी कोठामा बसेर लेखौ त ।।
बाहिर हेर्छु असाध्य मानिस आवत जावत गरे त
हातमुख जोर्ने खानलाइ हतार हतार चले त ।
धनि र गरिबकाे खाडल असाध्य गहिरो भयो त
खाडल झन झन भासिने गरिबको पेट रोयो त ।।
बन्द त खुला रोग छ किन यो देश रोयो त
के खुला छोड्लान अबत तालाले बन्द गरे त ।
कुन ढोका हो त्यो बन्दको सजिलै ताला भेटे त
बन्द त खुब गर्या छ्न भित्रको सामान बढ्यो त ?
को हुन ती सोखिन बन्द्का चलाख नेता को हुन त ?
बन्द्को दिन के तिनको चुलोको आगो बल्लान त ।
भरिया मजदुरी आजको आज नै पेट भर्लान त
गरिब बिचरा भोको छन बन्दलाइ खुला पार्लान त ।।
रोजगारी कतै देखिन्न नाम्लोले थाप्लोलाई सम्झे त
केही अक्षर बढी पढेलेखेका बिदेस तिर झरे त ।
मजदुरी देशमा के गर्नु कामको चापाचाप छैन त
के गर्नु गरिब बिचरा भक्कानो छुटाइ रुन्छन त ।।
