नीति कथा : कालीदास र महिला (दुई चीज)
इन्भेष्टोपेपर । पुष १२, २०७८
थकित भएर विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन् ।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस् न ।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।
कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौरु यात्री त केवल दुई मात्र छन् ( सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौर ?
कालीदास :- म पाहुना हुँ ।
महिला :- तिमी पाहुना कसरी हुन्छौरु संसारमा दुई जना मात्र पाहुना छन् । पहिलो धन र दोस्रो यौवन। यिनीहरूलाई जान समय लाग्दैन । भन को हौ तिमीर ?
कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहोस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलो, धर्ती जो पापी ( धर्मात्मा सबैको बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नको भण्डार दिन्छिन् । अनि, दोस्रो हो रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ । साँच्चै भन त को हौ तिमी ?
कालीदास :- म हठी हुँ ।
महिला :- फेरि असत्य । हठी त दुई मात्र छन् । पहिलो नङ र दोस्रो केश । जति काटे पनि फेरि फेरि निक्लिरहन्छन् । सत्य बोल, को हौ तिमीर ?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)
कालीदास :- त्यसो भए म मूर्ख हुँ ।
महिला :- होइन, तिमी मूर्ख कसरी हुनसक्छौरु मूर्ख त दुई मात्र छन्। पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सक्छन् अनि दोस्रो उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन् ।
उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए । आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन् ।
कालीदास :- म कालीदास हुँ ।
महिला :- उठ कालीदास । खासमा म सरस्वती माता हुँ ।
आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो ।
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार । तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिँहासनमा बस्यौ । यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नुपर्यो ।
कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन् ।
त्यसैले, विद्वत्ताउपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ । त्यस्तै दुई चीजलाई कहिल्यै व्यर्थ जान दिनु हुँदैन । पहिलो “अन्नको कण” अनि दोस्रो “समयको क्षण”। बेलैमा बुझौँ ।
अस्तु । (सामाजिक संजालबाट)
